काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ९.४७३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ता गर्ने निर्णय गरेको हो ।
सो लाभांश प्रस्ताव बीमा समिति (हालको बीमा प्राधिकरण)बाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भई र प्रिमियम इन्स्योरेन्ससँग मर्जर पश्चात एकीकृत कारोबार भएपछि सेयरधनीले सो लाभांश पाउने बताइएको छ ।