नेपाल लाइफले भुक्तानी गर्यो ५४ अर्ब ७६ करोडको दावी

<p>काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्ब दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दावी भुक्तानी भएकाे कम्पनीले जनाएकाे छ । नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्तसम्म ५.०३ अर्ब मृत्यु दावी, १५.२६ अर्ब अवधि समाप्ति दावी भुक्तानी र १८.५३ अर्ब आंशिक अवधि भुक्तानी गरिसकेको छ । यसका साथसाथै अन्य शिर्षक [&hellip;]</p>

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्ब दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दावी भुक्तानी भएकाे कम्पनीले जनाएकाे छ ।

नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्तसम्म ५.०३ अर्ब मृत्यु दावी, १५.२६ अर्ब अवधि समाप्ति दावी भुक्तानी र १८.५३ अर्ब आंशिक अवधि भुक्तानी गरिसकेको छ ।

यसका साथसाथै अन्य शिर्षक जस्तै बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दावी, घातक रोग वापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधा अन्तर्गत कम्पनीले १५.९४ अर्ब दावी भुक्तानी गरिसकेको छ ।

बीमित र बीमक बिचको करार बमोजिम जोखिमको क्षति पश्चात वा अवधि समाप्ति पश्चातको रकम यथासमयमा भुक्तानी (दावी भुक्तानी) गर्न नेपाल लाइफ सदैव तत्पर रहेको कुरा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउँछन् ।

अवधि भुक्तानी दावी बीमाको अवधि समाप्ति पश्चात भुक्तानी गरिन्छ भने मृत्यु दावी तथा अन्य क्षतिको दावी बीमा अवधि भित्र जुन सुकै समयमा घटित घटना पश्चात भुक्तानी गरिन्छ तर यसमा बीमा पूर्णतया अभिछिन्न चालु रहनु पर्दछ । त्यस्तै, आंशिक अवधि भुक्तानीमा निश्चित अवधिको अन्तराल पश्चात बीमा करारमा तोकिए बमोजिम रकम भुक्तानी गरिन्छ ।

बीमितहरुलाई छिटोछरितो चुस्त, दुरुस्त, तवरले दावी भुक्तानी गरिरहेको नेपाल लाइफ इन्स्योरेन्सले देशैभरी सातै वटा प्रदेशमा फैलिएर रहेका १९७ क्षेत्रीय कार्यालयहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Share News