काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ मंसिर ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।
इन्स्योरेन्स कम्पनीले मंसिर १८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा नेशनल लाइफ भवन केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सभाले २०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।