काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चि प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री (सीईओ) को प्रमुख आतिथ्यतामा मंसिर ७ गते अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्वन्धमा प्रशिक्षण दिएका थिए । सीईओ खत्रीले, कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यवसायिक बनाउदै लैजाने नीति अनुरुप अभिकर्तासँग विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको बताए ।
कार्यक्रममा महेन्द्रनगर शाखासँग आवद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहेका १७५ जना अभिकर्ताको उपस्थिती थियो । उक्त शाखाबाट उत्कृष्ठ व्यवसाय गर्ने अभिकर्ताहरुलाई सीईओ खत्रीलेले खादा माला र मायाको चिनोले सम्मान गरेका थिए । सम्मानित हुने अभिकर्ताहरुले कम्पनीका सीईओबाट आफ्नै कार्यथलोमा सम्मानित हुन पाउँदा खुशी लागेको बताएका थिए ।
कार्यक्रम महेन्द्रनगर शाखाका शाखा प्रमुख नविन किशोर भट्टले संचालन गरको थिए भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले सहभागी अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।