नेप्सेमा नेशनल लाईफको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्स कम्पनीको १५ प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ५२१ रूपैयाँ ५७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५९९ रूपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्स कम्पनीको १५ प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन भएको हो ।

नेप्सेले प्रतिकित्ता ५२१ रूपैयाँ ५७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५९९ रूपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । बिहीबार सोही मूल्य अनुसार कारोबार हुनेछ ।

इन्स्योरेन्स कम्पनीले मंसिर १८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा नेशनल लाइफ भवन केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सभाले २०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

Share News