नेशनल लाईफकाे २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

<p>काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । यसक्रममा कम्पनीले बझाङको चैनपुरमा रहेको सत्यवादी मावि र बझाङको झोता स्थित भैरव माविका शिक्षक तथा विद्यार्थीहरुलाई कम्पनीले बीमा सम्बन्धी जानकारी दिएको थियो । कार्यक्रममा दुवै विद्यालयका करिब ४५० जना शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । सो अवसरमा कम्पनीले करिब [&hellip;]</p>

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

यसक्रममा कम्पनीले बझाङको चैनपुरमा रहेको सत्यवादी मावि र बझाङको झोता स्थित भैरव माविका शिक्षक तथा विद्यार्थीहरुलाई कम्पनीले बीमा सम्बन्धी जानकारी दिएको थियो ।

कार्यक्रममा दुवै विद्यालयका करिब ४५० जना शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । सो अवसरमा कम्पनीले करिब १०० जना शिक्षकहरुको १ लाखको म्यादि जीवन बीमा गरेको थियो । सोही अवसरमा कम्पनीले मृगौला पिडित उजाला कुमारी दमाईलाई सिआरएस अन्तर्गत आर्थिक सहयोग स्वरुप २५ हजार रुपैयाँ पनि प्रदान गरेको थियो ।

यस्तै, कम्पनीले जिल्लाकै जयपृथ्वी नगरपालिकास्थित जिल्ला अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको थियाे ।

 

 

Share News