शिखर इन्स्योरेन्सले आजदेखि कोरोना बीमाको रकम भुक्तानी गर्ने (नामावली सहित)

<p>काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कोरोना बीमाको भुक्तानी सुरु गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीबाट कोरोना बीमा खरिद गरेका बीमितलाई मंगलबार देखि प्राथमिकताको आधारमा दाबी भुक्तानी गर्ने भएको हो । कम्पनीले एक सूचना प्रकाशन गर्दै पीसीआर पोजिटिभ भई बीमा दाबी गर्ने मध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राखेर दाबी रकमको भुक्तानी गर्ने बताएको हो । [&hellip;]</p>

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कोरोना बीमाको भुक्तानी सुरु गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीबाट कोरोना बीमा खरिद गरेका बीमितलाई मंगलबार देखि प्राथमिकताको आधारमा दाबी भुक्तानी गर्ने भएको हो ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै पीसीआर पोजिटिभ भई बीमा दाबी गर्ने मध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राखेर दाबी रकमको भुक्तानी गर्ने बताएको हो ।

कम्पनीका अनुसार दाबी भुक्तानी पाउन बाँकी ५ हजार २० वटा एकल र पारिवारिक बीमालेख धारक दाबीकर्तामध्ये २ हजार ६३५ दाबीकर्तालाई मंसिर १३ गते मंगलबारदेखि कम्पनीको प्रधान कार्यालय थापाथलीको साथै देशभरको शाखा कार्यालयहरुबाट दाबी भुक्तानीको व्यवस्था मिलाइएको छ ।

पहिलो चरणको सूचीमा परेका बीमालेख धारक र दाबीकर्ताको नामावली कम्पनीले वेबसाइटमा प्रकाशन गरेको छ । साथै सबै शाखा कार्यालयहरूमा समेत सो सम्बन्धी विवरण उपलब्ध रहेको कम्पनीले प्रकाशन गरेको सूचनामा उल्लेख छ । भुक्तानी हुन बाँकी रहने दाबीको हकमा नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको निर्णय बमोजिम पुनः जानकारी गराउने कम्पनीले बताएको छ ।

[pdf id=368245]

Share News