नेको इन्स्योरेन्सले १५ सय बढी बीमितलाई कोरोनाको पैसा दिने, दैनिक सय जनाले पाउने

<p>काठमाडौं । नेको इन्स्योरेन्सले एकैदिन एक सय जना बीमितलाई कोरोना बीमाको दावी भुक्तानी गर्ने भएको छ । इन्स्योरेन्सले व्यक्तिगत बीमितहरुमध्ये मंगलबार मात्र क्रम संख्या १ देखि १०० सम्मका बीमितलाई दावी भुक्तानी गर्ने भएको हो । कम्पनीले मंसिर १३ गतेदेखि पुस १ गतेसम्ममा कूल १५ सय ५ जना बीमितलाई कोरोना बीमाको पैसा वितरण गर्न लागेको छ [&hellip;]</p>

काठमाडौं । नेको इन्स्योरेन्सले एकैदिन एक सय जना बीमितलाई कोरोना बीमाको दावी भुक्तानी गर्ने भएको छ । इन्स्योरेन्सले व्यक्तिगत बीमितहरुमध्ये मंगलबार मात्र क्रम संख्या १ देखि १०० सम्मका बीमितलाई दावी भुक्तानी गर्ने भएको हो ।

कम्पनीले मंसिर १३ गतेदेखि पुस १ गतेसम्ममा कूल १५ सय ५ जना बीमितलाई कोरोना बीमाको पैसा वितरण गर्न लागेको छ । कम्पनीका अनुसार मंसिर १३ गतेदेखि मंसिर २९ गतेसम्म दैनिक एक सय जनाले र पुस १ गते १०५ जनाले कोरोना बीमाको पैसा पाउने भएका छन् ।

इन्स्योरेन्सले नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीमा कोरोना बीमा गरी बीमा दावी गरी दावी भुक्तानी लिन बाँकी भएका बीमितहरुमध्ये ब्यक्तिगत रुपमा बीमाशुल्क तिरेर बीमा गर्ने बीमितहरुलाई पीसीआर पोजेटिभ भई बीमा दावी गर्ने मध्ये पहिला दावी गर्नेलाई पहिलो प्राथमिकता दिई क्रमशः भुक्तानी गर्ने छ ।

कम्पनीले बीमितहरुलाई क्रम संख्या अनुसार दावी भुक्तानी दिने भएको छ । हालको व्यवस्था अनुसार कोरोना बीमाको पैसा पाउन योग्य ब्यक्तिहरुको नामावली कम्पनीले वेबसाइट र कम्पनीको सूचना पाटीबाट जानकारी गराएको छ । बीमितहरुले क्रम संख्याअनुसार तोकिएको मितिमा आफ्नो दावी वापतको रकम पाउने छन् ।

बीमितहरुले काठमाडौं उपत्यकाको हकमा कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वर, काठमाडौंबाट भुक्तानी लिन सक्नेछन् । त्यस्तै, उपत्यका बाहिरको हकमा आफूले बीमा गरेको यस कम्पनीको सम्बन्धित शाखाहरुमा आफ्नो आधिकारीक परिचयपत्र सहित भुक्तानी लिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

कसले कहिले पाउँछन् ?

Share News