आईजीआईले दिन थाल्यो कोरोना बीमाको पैसा, ७१५ जनाले पाउने, कसले कति ? (नामसहित)

<p>काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स (आईजीआई) नेपालले मंगलबारदेखि कोरोना बीमाको दावी भुक्तानी शुरु गरेको छ । कम्पनीले नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार मंसिर १३ गतेदेखि कोरोना बीमाका दावीकर्ताहरुलाई भुक्तानी दिन थालेको हो । सो अनुसार कम्पनीले पहिलो लटमा पहिलो दावी गर्नेलाई प्राथमिकतामा राख्दै ७१५ जना दावीकर्तालाई दावी फर्छौट गर्ने निर्णय गरेको छ [&hellip;]</p>

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स (आईजीआई) नेपालले मंगलबारदेखि कोरोना बीमाको दावी भुक्तानी शुरु गरेको छ । कम्पनीले नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार मंसिर १३ गतेदेखि कोरोना बीमाका दावीकर्ताहरुलाई भुक्तानी दिन थालेको हो ।

सो अनुसार कम्पनीले पहिलो लटमा पहिलो दावी गर्नेलाई प्राथमिकतामा राख्दै ७१५ जना दावीकर्तालाई दावी फर्छौट गर्ने निर्णय गरेको छ । कम्पनीबाट कोरोना भाइरस बीमालेख अन्तर्गत दावी गरी भुक्तानी पाउन बाँकी रहेका ९८२ एकल र पारिवारिक बीमालेख धारक दावीकर्ताहरुमध्ये ७१५ जनालाई भुक्तानी दिन लागेको हो ।

कम्पनीले दावीकर्ताहरुको नामावलीसहितको विवरण आफ्नो वेवसाइटमा उपलब्ध गराएको छ । जसअनुसार बीमितहरुले कम्पनीमा सम्पर्क गरी आफ्नो दावी वापतको रकम लिन सक्नेछन् ।

त्यस्तै, अन्य भुक्तानी हुन बाँकी दावीको हकमा भने नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको निर्णय बमोजिम अर्को लटमा गरिने समेत कम्पनीले जानकारी गराएको छ ।

कसले कति ? (नामसहित)
[pdf id=368427]

Share News