एनएलजी इन्स्योरेन्सका २३७ बीमितले कोरोना बीमाको भुक्तानी पाउने

<p>काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले पहिलो लटमा २३७ जना बीमितलाई कोरोना बीमाको दावी भुक्तानी दिने भएको छ । कम्पनीले मंगलबारदेखि एकल तथा पारिवारिक बीमालेख अन्तर्गत पहिलो दावीकर्ताहरुलाई प्राथमिकतामा राखी उक्त बीमितहरुलाई भुक्तानीको दिन थालेको हो । कम्पनीले नेपाल सरकार, अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा र नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम भुक्तानी गर्ने [&hellip;]</p>

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले पहिलो लटमा २३७ जना बीमितलाई कोरोना बीमाको दावी भुक्तानी दिने भएको छ । कम्पनीले मंगलबारदेखि एकल तथा पारिवारिक बीमालेख अन्तर्गत पहिलो दावीकर्ताहरुलाई प्राथमिकतामा राखी उक्त बीमितहरुलाई भुक्तानीको दिन थालेको हो ।

कम्पनीले नेपाल सरकार, अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा र नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम भुक्तानी गर्ने छ ।

इन्स्योरेन्सले दावी फर्छौट हुने कोरोना बीमा दावीकर्ताहरुको विवरण कम्पनीको वेवसाइटमा उपलब्ध गराएको छ । साथै, विवरणमा रहेका बीमितहरुलाई समयमै भुक्तानी लिनसमेत कम्पनीले आग्रह गरेको छ ।

त्यस्तै, कम्पनीले बीमितहरुलाई भुक्तानीमा सहज गराउन लागि दुई जनाको कर्मचारीको फोन नम्बर समेत उपलब्ध गराएको छ । यससँगै बीमितले नीरोज रेग्मीलाई ९८४३७३७०३९ र रबी मर्हजनलाई ९८६१७९०४०६ मा सम्पर्क गर्न सक्नेछन् ।

Share News