कोरोना बीमाको भुक्तानी गर्न सिद्धार्थ इन्स्योरेन्सले सार्वजनिक गर्यो ६० जनाको नामावली

<p>काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले पहिलो लटमा ६० जना बीमितलाई कोरोना बीमाको दावी भुक्तानी गर्ने भएको छ । इन्स्योरेन्सले व्यक्तिगत तथा पारिवारिक बीमालेख अन्तर्गत दावी दिएका भुक्तानीहरुमध्ये पहिलो दावी दिएका ६० बीमितहरुलाई कोरोना बीमाको पैसा दिने भएको हो । ‘हाललाई व्यक्तिगत तथा पारिवारिक बीमालेख अन्तर्गत परेका दावीहरुको भुक्तानीका लागि पहिला पीसीआर जाँच गरी कोरोना प्रमाणित भएका [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले पहिलो लटमा ६० जना बीमितलाई कोरोना बीमाको दावी भुक्तानी गर्ने भएको छ । इन्स्योरेन्सले व्यक्तिगत तथा पारिवारिक बीमालेख अन्तर्गत दावी दिएका भुक्तानीहरुमध्ये पहिलो दावी दिएका ६० बीमितहरुलाई कोरोना बीमाको पैसा दिने भएको हो ।

‘हाललाई व्यक्तिगत तथा पारिवारिक बीमालेख अन्तर्गत परेका दावीहरुको भुक्तानीका लागि पहिला पीसीआर जाँच गरी कोरोना प्रमाणित भएका र दावी समेत पहिले गरेका बीमितहरुलाई क्रमिक रुपमा भुक्तानी गर्नेछौं,’ कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

हाल ६० जना बीमित दावीकर्ताको सूची सार्वजनिक गरेको कम्पनीले अरु थप पनि सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । यससँगै, कम्पनीले आफ्नो वेवसाइटमार्फत सार्वजनिक गरेको सूचीमा भएका दावीकर्ताहरुले कम्पनीको सम्बन्धित शाखा वा प्रधान कार्यालयमा सम्पर्क गरी आफ्नो दावी वापतको रकम पाउने छन् ।

बीमितको नाम र पाउने रकमसहितको नामावली
[pdf id=368492]

Share News