नेपाल इन्स्योरेन्सले चार दिनभित्र ३४५ बीमितलाई कोरोनाको पैसा दिने (नामावलीसहित)

<p>काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले आज बुधबारदेखि कोरोना बीमाको दावी भुक्तानी गर्न शुरु गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै मंसिर १४ गतेदेखि भुक्तानी दिन थालेको जानकारी गराएको हो । उक्त सूचनाअनुसार कम्पनीले मंसिर १४ गतेदेखि १८ गतेसम्ममा ३४५ जना बीमितलाई कारोना बीमाको पैसा दिने भएको छ । इन्स्योरेन्सले एकल र [&hellip;]</p>

काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले आज बुधबारदेखि कोरोना बीमाको दावी भुक्तानी गर्न शुरु गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै मंसिर १४ गतेदेखि भुक्तानी दिन थालेको जानकारी गराएको हो ।

उक्त सूचनाअनुसार कम्पनीले मंसिर १४ गतेदेखि १८ गतेसम्ममा ३४५ जना बीमितलाई कारोना बीमाको पैसा दिने भएको छ । इन्स्योरेन्सले एकल र पारिवारिक बीमालेख धारक दावीकर्ताहरुमध्ये दावी भुक्तानी पाउन बाँकी बीमितहरुमध्ये हाललाई ३४५ जनालाई कोरोना बीमाको रकम वितरण गर्दै छ ।

जसको नामावली समेत कम्पनीले आफ्नो वेवसाइटमा सार्वजनिक गरेको छ । त्यस्तै, यो बाहेक भुक्तानी हुन बाँकी रहेका अन्य भुक्तानी भने नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको निर्णय बमोजिम हुने कम्पनीले जानकारी गराएको छ ।

यस्तो छ कम्पनीले सार्वजनिक गरेको दावीकर्ताहरुको विवरण
[pdf id=368656]

Share News