दुई इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, आइतबारदेखि किनबेच गर्न पाइने

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले एकैदिन दुई कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले बिहीबार मात्रै प्रभु इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को रोक्का रहेको सेयर कारोबार फुकुवा गरिदिएको हो । दुई वटै कम्पनीको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएको हो । यससँगै सर्वसाधारण लगानीकर्ताले अब आइतबार (मंसिर १८ गते) देखि [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले एकैदिन दुई कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले बिहीबार मात्रै प्रभु इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को रोक्का रहेको सेयर कारोबार फुकुवा गरिदिएको हो ।

दुई वटै कम्पनीको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएको हो । यससँगै सर्वसाधारण लगानीकर्ताले अब आइतबार (मंसिर १८ गते) देखि यी कम्पनीको सेयर किनबेच गर्न पाउने भएका छन् ।

दुई वटै कम्पनी मर्जर प्रक्रियामा गएसँगै नेप्सले यी कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको थियो । प्रिमियर इन्स्योरेन्स सिद्धार्थ इन्स्योरेन्ससँग र प्रभु इन्स्योरेन्स अजोड इन्स्योरेन्ससँग मर्ज हुने भएका छन् ।

Share News