आठ कम्पनीको करोडौं रकमको बीमा पोलिसी सरेन्डर, एक महिनामै बाहिरिए पौने ७ हजार बीमित

<p>काठमाडौं । एक महिनामै साढे ७ हजार बीमितले बीमा पोलिसी त्याग अर्थात सरेन्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार कार्त्तिकमा मात्रै ६ हजार ७ सय ४६ जना बीमितले कूल एक अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग गरेका हुन् । जुन अघिल्लो महिनाको तुलनामा ३४ करोड ६५ लाख रुपैयाँले बढी हो [&hellip;]</p>

काठमाडौं । एक महिनामै साढे ७ हजार बीमितले बीमा पोलिसी त्याग अर्थात सरेन्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार कार्त्तिकमा मात्रै ६ हजार ७ सय ४६ जना बीमितले कूल एक अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग गरेका हुन् ।

जुन अघिल्लो महिनाको तुलनामा ३४ करोड ६५ लाख रुपैयाँले बढी हो । अघिल्लो महिना अर्थात असोजमा विभिन्न कम्पनीका कूल ६ हजार ६३ बीमितहरुले ७७ करोड ३२ लाख रुपैयाँ बराबरको बीमापोलिसी बीचमै रोकेका हुन् ।

रकमको आधारमा सबैभन्दा बढी रकमको पोलिसी सरेन्डर हुनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको भने संख्याका आधारमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनका ९८७ जना बीमितले कूल ३९ करोड ९ लाख रुपैयाँ बराबरको पोलिसी समय नपुग्दै रोकेका हुन् । यता नेपाल लाइफका २ हजार १३९ बीमितले एक महिनामै कूल २८ करोड ८४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् ।

त्यस्तै, एशियन लाइफका एक हजार ५३७८ जना बीमितले ११ करोड ६५ लाख रुपैयाँ र सूर्या लाइफका १४५ जना बीमितले १२ करोड २५ लाख बीमितले कम्पनीको बीमा पोलिसी सरेन्डर गरेका छन् ।

करोड बढीको बीमा पोलिसी सरेन्डर गर्नेमा अन्य चार कम्पनी पनि रहेका छन् । जसमा नेशनल लाइफ इन्स्योरेन्सका ६६२ बीमितले ७ करोड २५ लाख, राष्ट्रिय बीमा संस्थानका ३०६ जना बीमितले ३ करोड ९२ लाख, मेट लाइफका ३१३ जना बीमितले २ करोड ८४ लाख रुपैयाँ र गुराँस लाइफ इन्स्योरेन्सका १९५ जना बीमितले १ करोड ९० लाख रुपैयाँ बढीको बीमालेख सरेन्डर गरेका छन् ।

यता ११ कम्पनीको लाखौं रकम बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् । प्रभु लाइफको ५६ लाख, ज्योतिको ५३ लाख, सिटिजनको ४७ लाख, युनियनको ४६ लाख, आईएमई लाइफको ४२ लाख, रिलायन्सको ४० लाख, रिलायबल नेपाल लाइफको ३९ लाख, सानिमा लाइफको २८ लाख, सन नेपालको २५ लाख, महालक्ष्मीको २२ लाख, प्राइमको १४ लाख रुपैयाँ बराबरको पोलिसी बीचमै त्याग भएको छ । जसमध्ये प्राइमको सबैभन्दा कम रकमको पोलिसी सरेन्डर भएको छ ।

यीमध्ये बीमा पोलिसी समर्पण गर्ने संख्याको आधारमा युनियन लाइफको सबैभन्दा कम छ । कार्त्तिकमा मात्रै कम्पनीका १७ जना बीमितले पोलिसी त्यागेका छन् ।

Share News