काठमाडौं । नेपाल बीमा प्राधिकरणले उप निर्देशक विरोध भट्टलाई गुनासो सुन्ने अधिकारी तोकेको छ । मंसिर २८ गतेको निर्णय बमोजिम भट्टलाई गुनासो सुन्ने अधिकारीमा तोकिएको हो ।
साथै, उनको अनुपस्थितिमा सहायक निर्देशक रञ्जिता केसीलाई बैकल्पिक गुनासो सुन्ने अधिकारीको रुपमा तोकिएको छ ।