काठमाडौं । नेपाल बैंकर्स संघले कोरोना बीमाका बीमितहरुलाई दावी भुक्तानी लिन ताकेता गरेको छ । निर्जीवन बीमा कम्पनीका सीईओहरुका छाता संगठन उक्त संघले दावी भुक्तानी लिन कागजागत नबुझाएका दावीकर्ताहरुलाई आवश्यक कागजात बुझाउन ताकेका गरेको हो ।
संघले कोरोना बीमाको दावी गराएका तर हालसम्म पनि आवश्यक कागजातहरु नबुझाउने सबै निर्जीवन बीमा कम्पनीका बीमितलाई उक्त कागजात बुझाउन १५ दिनेको समय पनि दिएको छ । यदि उक्त समयभित्रमा आवश्यक कागजातहरु पेश नभएमा संघले कोरोना दावी फायल बन्द गरिदिने समेतको चेतावनी दिएको छ ।
संघले मंसिर ४ गते एक सूचनामार्फत उक्त जानकारी गराएको हो । यससँगै अब दावी लिन बाँकी दावीकर्ताहरुले आफूले दावी गरेको कम्पनीबाट बीमाको पैसा लिन सक्नेछन् ।
बीमा कम्पनीहरुले दावीकर्ताहरुलाई बारम्बार ताकेता गर्दा पनि आवश्यक कागजात नबुझाएकाले मिति नै तोकेर ताकेता गरिएको संघको भनाइ छ ।