काठमाडौं । मन्जुश्री फाईनान्सले ग्राहकहरुको लागि अनलाइन अकाउन्ट ओपनिङ्गको सुविधा ल्याएको छ । यस सेवाकाे सुरुवातसँगै फाइनान्सका ग्राहकले आफु बसेकाे जुनसुकै ठाउँबाटै खाता खाेल्न सक्नेछन् ।
मन्जुश्री फाईनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलब्ध गराउदै आएको छ । साथै, ‘मञ्जुश्री प्रिमियम बचत खाता’ र १ वर्ष वा सो भन्दा बढि अवधिको ब्याक्तिगत मुद्दती निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमा समेत समावेश गरिएको छ ।
यस फाइनान्सले स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्युआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ्ग, एटिम कार्ड, अन्य आधुनिक बैंकिङ्क सुविधा उपलब्ध गराउँदै आएको छ । संस्थाले २०७९ मङसिरसम्म १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा ११ अर्ब ७४ करोड कर्जा लगानी गरेकाे छ ।