सगरमाथा इन्स्योरेन्सको १३.१५ प्रतिशत लाभांश घोषणा

<p>काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र ०.६५७९ प्रतिशत नगद [&hellip;]</p>

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र ०.६५७९ प्रतिशत नगद गरी कूल १३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Share News