लाभांश र मर्जर प्रस्ताव पारित गर्न प्रिमियर इन्स्योरेन्सले डाक्यो साधारण सभा, स्वाप रेसियो १:१

<p>काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) नेपालले २९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको वार्षिक साधारण पुस २९ गते ११ बजे, लिसारा रिसेप्सन, भगवती बाहाल, नक्साल, काठमाडौंमा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षको २०७९ आषाढ मसान्तसम्मको वासलात [&hellip;]</p>

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) नेपालले २९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको वार्षिक साधारण पुस २९ गते ११ बजे, लिसारा रिसेप्सन, भगवती बाहाल, नक्साल, काठमाडौंमा बोलाएको हो ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षको २०७९ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्नेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले कम्पनीको प्रबन्ध पत्र र नियमावलीको नियम संशोधन गर्नेछ ।

प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स गाभ्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । प्रिमियर इन्स्योरेन्समा सिद्धार्थ इन्स्योरेन्स गाभिए पश्चात् बन्ने ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

प्रिमियर इन्स्योरेन्समा सिद्धार्थ इन्स्योरेन्स गाभ्ने सम्बन्धी प्रारम्भिक सहमति पत्र र अन्य काम कारवाहीहरु अनुमोदन गर्नेछ र दुवै कम्पनी गाभ्ने/गाभिने प्रयोजनको लागि चल अचल सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन र अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएका सेयर अनुपात १ः१ स्वीकृत गर्नेछ ।

प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने र मर्जर सम्बन्धी बाँकी कार्य गर्न अन्तिम स्वीकृति प्रदान गर्ने र डीडीए प्रतिवेदन तयार गर्न नियुक्त गरेको लेखापरीक्षक, मूल्याङ्गनकर्तालाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्नेछ ।

दुवै कम्पनी एक आपसमा गाभिए पछि आपसी सहमतीमा केन्द्रिय कार्यालयको व्यवस्थापन गरिने भएको छ । मर्जरपश्चात् संस्थापक र सर्वसाधारण सेयर स्वामित्व प्रतिशत फेरबदल गर्नु पर्ने भएमा संस्थापक सेयर ५१ प्रतिशत र सर्वसाधारण शेयर ४९ प्रतिशत कायम गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २२ गतेदेखि साधारण सभा हुनेदिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस २१ गतेसम्म नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभा र लाभांश प्राप्त गर्नसक्ने छन् ।

Share News