रोहितको आक्रामक ब्याटिङ र सन्दिपको ४ विकेटले नेपाललाई जित, सिरिज क्लिनस्विप

<p>काठमाडौं । नेपालले विश्वकप लिग–२ मा स्कटल्यान्डमाथि २ विकेटले जित हासिल गरेको छ । कप्तान रोहित पौडेलको आक्रामक ब्याटिङले नेपालले २ सय १३ रनको लक्ष्य ४४.१ ओभरमा पूरा गरर जित हासिल गरेको हो । उनले अविजित ९५ रन हाने । १०१ बल खेलेका पौडेलले ७ चौका र ४ छक्का प्रहार गरे । नेपालले लिग–२ को [&hellip;]</p>

काठमाडौं । नेपालले विश्वकप लिग–२ मा स्कटल्यान्डमाथि २ विकेटले जित हासिल गरेको छ । कप्तान रोहित पौडेलको आक्रामक ब्याटिङले नेपालले २ सय १३ रनको लक्ष्य ४४.१ ओभरमा पूरा गरर जित हासिल गरेको हो । उनले अविजित ९५ रन हाने । १०१ बल खेलेका पौडेलले ७ चौका र ४ छक्का प्रहार गरे ।

नेपालले लिग–२ को शृंखला क्लिन स्विप गरेको यो पहिलो पटक हो । नेपालले शृंखलामा नामिबिया र स्कटल्यान्डमाथि २–२ खेलमा विजय हात पार्यो । बलिङतर्फ सन्दिप लामिछानेले चार विकेट लिए । लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिएका हुन् ।

करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले समान १/१ विकेट लिए ।

Share News