एनबी इन्स्योरेन्सको सेयर प्रतिकित्ता १८६० सम्ममा बिक्यो, नेप्सेमा कारोबार अझै हुन सकेन

<p>काठमाडौं, ९ कात्तिक । लामो समयदेखि नेप्सेमा कारोबार हुन नसकेको एनबी इन्स्योरेन्सको सेयर लिलामी प्रक्रियामा प्रतिकित्ता १८ सय ६० रूपैयाँसम्म बिक्री भएको छ । कम्पनीले केही समय अघि हकप्रद सेयर निश्काशन गर्दा आवेदन नपरेको सेयर लिलामीमा बिक्री गर्दा लगानीकर्ताले उच्च मूल्य तिरेका छन् । हकप्रद सेयर निष्काशनको क्रममा आवेदन नपरेको संस्थापक र सर्वसाधारण समूहको गरी [&hellip;]</p>

काठमाडौं, ९ कात्तिक । लामो समयदेखि नेप्सेमा कारोबार हुन नसकेको एनबी इन्स्योरेन्सको सेयर लिलामी प्रक्रियामा प्रतिकित्ता १८ सय ६० रूपैयाँसम्म बिक्री भएको छ । कम्पनीले केही समय अघि हकप्रद सेयर निश्काशन गर्दा आवेदन नपरेको सेयर लिलामीमा बिक्री गर्दा लगानीकर्ताले उच्च मूल्य तिरेका छन् ।

हकप्रद सेयर निष्काशनको क्रममा आवेदन नपरेको संस्थापक र सर्वसाधारण समूहको गरी कुल ४३ हजार चार सय ३७ कित्ता सेयर लिलामीमा राखेको थियो ।

उक्त सेयरमा सर्वसाधरणतर्फको सेयरका लागि प्रतिकित्ता न्यूनतम ११ सय ५१.५१ रूपैयाँदेखि अधिकतम १८ सय ६० रूपैयाँसम्मको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ । कम्पनीले सर्वसाधारण समूहमा ४१ हजार आठ सय ३७ कित्ता सेयर मूल्य बराबरका आधारमा लिलामीमा बिक्री गरेको हो ।

संस्थापकतर्फ चार सय ५५ र पाँच सय २१ रूपैयाँमा टेन्डर हाल्नेले पाएका थिए । एनबी इन्सुरेन्सले १६ सय कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो ।

नेप्सेमा यस कम्पनीको पछिल्लो सेयर कारोबार प्रतिकित्ता १५४ रुपैयाँमा कारोबार भएको छ । तीन वर्षअघि कम्पनी समस्यामा परेपछि यसको सेयर कारोबार प्रतिकित्ता ५० रुपैयाँ सम्ममा झरेको थियो । त्यसपछि लामो समय सेयर कारोबार बन्द भयो । त्यसबीचमा कम्पनीमा नयाँ लगानीकर्ता प्रवेशसँगै व्यवस्थापन परिवर्तन भएको छ । प्रतिदिन १० प्रतिशत भन्दा बढी मूल्य वृद्धि गरी सेयर कारोबार गर्न नमिल्ने नेप्सेको नियम रहेको तर लगानीकर्ता उच्च मूल्यमा मात्र बिक्री गर्न तयार देखिएपछि यस कम्पनीको सेयर कारोबार हुन सकिरहेको छैन ।

nbil

आज पनि यस कम्पनीको सेयर खरिद गर्न चाहानेले प्रतिकित्ता १५७ रुपैयाँ तिर्न चाहेको छ र तर बिक्रेता छैन ।

 

Share News