तिनाउ विकास बैंकको २५ प्रतिशत बोनस र ३५ प्रतिशत हकप्रद सेयर पारित

<p>काठमाडौं, ९ कात्तिक । तिनाउ विकास बैंकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि १ दशमलब ३१५९ प्रतिशत नगद लाभांश दिने बैंकको निर्णय पारित भएको छ । त्यसका साथै कम्पनीले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त बैंकको निर्णयलाई सोमबार बसेको बैंकको १०औँ वार्षिक साधारणसभाले पारित [&hellip;]</p>

काठमाडौं, ९ कात्तिक । तिनाउ विकास बैंकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि १ दशमलब ३१५९ प्रतिशत नगद लाभांश दिने बैंकको निर्णय पारित भएको छ ।

tinau_dev_bonusत्यसका साथै कम्पनीले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त बैंकको निर्णयलाई सोमबार बसेको बैंकको १०औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ३४ करोड रुपैयाँ रहेको छ भने बोनस सेयर पश्चात बैंकको पूँजी ४२ करोड ६७ लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय बैंकको प्रतिकित्ता सेयर ५ सय रुपैयाँमा कारोबार भएको हो ।

Share News