विदेशी कोर्सलाई धरौटी अनिवार्य, कक्ष ८ सम्म ८ लाख र १२ सम्म १५ लाख रुपैयाँ चाहिने

<p>काठामाडौं ११, कात्तिक । विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर स्वदेशमा विद्यालय तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहने शैक्षिक संस्थाले अनिवार्य रुपमा धरौटी राख्नपर्ने व्यवस्था गर्न लागिएको छ । शिक्षा मन्त्रालयले निर्माण गरेको शिक्षा नियमावलीको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ। यो नियम यसअघि अर्थमन्त्रालयको अनुमति लिइसकेका विद्यालयलाई भने लागू नहुने मन्त्रालयले स्पष्ट पारेको छ। विदेशी पाठ्यक्रमअनुसार [&hellip;]</p>

काठामाडौं ११, कात्तिक । विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर स्वदेशमा विद्यालय तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहने शैक्षिक संस्थाले अनिवार्य रुपमा धरौटी राख्नपर्ने व्यवस्था गर्न लागिएको छ ।

फाइल तस्बिर

फाइल तस्बिर

शिक्षा मन्त्रालयले निर्माण गरेको शिक्षा नियमावलीको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ। यो नियम यसअघि अर्थमन्त्रालयको अनुमति लिइसकेका विद्यालयलाई भने लागू नहुने मन्त्रालयले स्पष्ट पारेको छ।

विदेशी पाठ्यक्रमअनुसार पढाइ हुने शैक्षिक संस्थामा पढ्न चाहने हरेक विद्यार्थीले राजस्वलगायत दुई हजार तिर्नुपर्ने नयाँ व्यवस्था नियमावलीले गरेको छ ।

प्रस्ताव अनुसार विदेशी शिक्षण संस्थासँग सम्बन्ध लिएर नेपालमा कक्ष ८ सम्म पठाउने संस्थाले ८ लाख रुपैयाँ र कक्षा १२ सम्म पठाउने विद्यालयले १५ लाख रुपैयाँ जम्मा गर्नुपर्ने छ । अन्नपूर्ण पोस्टबाट ।

Share News