काठमाडौं । बुधबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार छापावाल सनुको मूल्य तोलाको दुई हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ४४० रुपैयाँ पुगेको छ ।