नेपालका वायुसेवालाई पाइलट अभाव, जुनियर फालाफाल सिनियर पाउनै मुस्किल

<p>काठमाडौं १२, असोज । नेपलाका वायुसेवालाई पाइलटको चरम अभाव भएको छ । नेपालका विभिन्न वायुसेवालाई जुनियर पाइलटको फालाफाल भएपनि सिनियर पाइलट भने पाउनै मुस्किल भएको छ । बजारमा एक सय जना कमर्सियल पाइलटको माग भएपपनि एक जना पनि पाउन मुस्किल रहेको सम्वन्धित वायुसेवाले जानकारी दिएको समाचार शुक्रबारको द काठमाडौं पोष्टमा छापिएको छ । नेपालका वायुसेवा [&hellip;]</p>

काठमाडौं १२, असोज । नेपलाका वायुसेवालाई पाइलटको चरम अभाव भएको छ । नेपालका विभिन्न वायुसेवालाई जुनियर पाइलटको फालाफाल भएपनि सिनियर पाइलट भने पाउनै मुस्किल भएको छ ।

बजारमा एक सय जना कमर्सियल पाइलटको माग भएपपनि एक जना पनि पाउन मुस्किल रहेको सम्वन्धित वायुसेवाले जानकारी दिएको समाचार शुक्रबारको द काठमाडौं पोष्टमा छापिएको छ ।plane-cabin-pilot-416716

नेपालका वायुसेवा आन्तरिक उडानको अवस्था केही सहज भएपनि अन्तर्राष्ट्रिय उडानको लागि पाइलटमागको ६० प्रतिशत पूरा हुनै नसक्ने उल्लेख छ ।

नेपाल वायुसेवा निगमले पनि नेपाली पाइलट नपाएकै कारण विदेशबाट मगाउन थालेको छ । वायुसेवा निगमले केही पाइलट तयार गर्ने भएपनि निजी क्षेत्रमा जाने गरेकोले पनि वर्षोदेखि निगम पाइलटको चरम अभावमा रहेको छ ।

नेपाल वायुसेवा निगम मात्रै नभए र नेपालबाट उडान गर्ने अन्य वायुसेवा लागि पनि पाइलट अभाव रहेको छ । जुनिरय पाइलटलाई १५ सय घण्टा उडान गरेर मात्रै सिनियर बनाउन सकिने भएपनि सो समय उडान गराउँने र क्षमता विकास गराउने अभ्यास नै नभएको उल्लेख छ ।

Share News