नयाँ वर्षको अवसरमा होटल भ्यू भृकुटीले ल्यायो विशेष प्याकेज

<p>ललितपुर । नेपाली नयाँ वर्ष २०८० को अवसरमा ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीले विशेष प्याकेज ल्याएको छ । &#8216;न्यू इयर, न्यू हाइट, न्यू मेमोरिज विथ होटल भ्यू भृकुटी&#8217; भन्ने नाराका साथ होटलले लाइभ म्युजिकका साथमा निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर सार्वजनिक गरेको छ । होटलले ल्याएको अफर अन्तरगत लाइभ म्युजिकका साथमा फ्रि वेलकम ड्रिङ्क्स, लाइभ स्टेशन [&hellip;]</p>

ललितपुर । नेपाली नयाँ वर्ष २०८० को अवसरमा ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीले विशेष प्याकेज ल्याएको छ ।

‘न्यू इयर, न्यू हाइट, न्यू मेमोरिज विथ होटल भ्यू भृकुटी’ भन्ने नाराका साथ होटलले लाइभ म्युजिकका साथमा निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर सार्वजनिक गरेको छ ।

होटलले ल्याएको अफर अन्तरगत लाइभ म्युजिकका साथमा फ्रि वेलकम ड्रिङ्क्स, लाइभ स्टेशन स्न्याक्स, लक्जरियस अकोमोडेशन, बफेट ब्रेकफाष्ट र निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर रहेको छ ।

नयाँ वर्षका लागि विशेष सांगितिक कार्यक्रमका साथै आउने पाहुनाहरूका लागि होटलको सम्पूर्ण सुविधा विशेष तरिकाले व्यवस्थापन गरिएको होटलले जनाइएको छ ।

नयाँ वर्षको अवसरमा होटलमा लाइभ ब्याण्ड प्राकृतिक वातावरणमा रमाउनको लागि १३ हजार हजार रुपियाँमा पर कपल, स्नयाक्स, डिनर, बस्नको लागि रूम र भोलिपल्टको ब्रेकफस्ट व्यवस्था गरिको होटलका प्रबन्ध निर्देशक समिर लामाले बताए ।

सातदोबाटो चक्रपथबाट सात किलोमिटरको दुरीमा रहेको यो होटलमा ७० वटा कोठाहरु, साउना, स्ट्रिम, स्वमिङ पुल तथा मनोरन्जनको व्यवस्था रहेकाे उनले जानकारी दिए ।

होटलले आफ्ना पाहुनाहरुलाई वोटानिकल गार्डेन लगेर विभिन्न जातका चराचुरुङ्गी र पुतलीहरुलाई नियाल्ने अवसरका साथै होटलबाट तीन किलोमिटरको दुरिमा रहेको शान्ति जंगलमा सफारी गर्ने अवसर पनि प्रदान गर्दछ ।

त्यस्तैऽ फुलचोकी डाँडा पनि होटलबाट नजिकै भएकाले होटलमा आएका पाहुनालाई त्यहाँ पैदल यात्रा (हाइकिङ), वाईकिङ, प्याराग्लाइडिङको पनि सुविधा प्रदान गर्ने वरिष्ठ कार्यकारी सेफ रेशमकुमार लामाले बताए ।

होटलमा साउना, ज्याकुजी, जीम, सुइमिङ पुलको सेवा पनि रहेको छ ।

Share News