सानिमा बैंकले दियो सामुदायिक केन्द्रलाई घाँस काट्ने उपकरण

<p>काठमाडौं, २८ कात्तिक । सानिमा बैंक लिमिटेडले नक्साल स्थित नन्दीकेशर बगैँचा(नारायणचौर)को सुन्दरता कायम राख्न सामुदायिक केन्द्र नक्साललाई घाँस काट्ने उपकरण प्रदान गरेको छ । ११ औ महानगरीय प्रहरी दिवसका दिन आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सामुदायिक केन्द्रका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठलाई घाँस काट्ने उपकरण हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्व अन्र्तगत सानिमा [&hellip;]</p>

sanima_bhuvan_dahalकाठमाडौं, २८ कात्तिक । सानिमा बैंक लिमिटेडले नक्साल स्थित नन्दीकेशर बगैँचा(नारायणचौर)को सुन्दरता कायम राख्न सामुदायिक केन्द्र नक्साललाई घाँस काट्ने उपकरण प्रदान गरेको छ ।

११ औ महानगरीय प्रहरी दिवसका दिन आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सामुदायिक केन्द्रका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठलाई घाँस काट्ने उपकरण हस्तान्तरण गरेका हुन् ।

सामाजिक उत्तरदायित्व अन्र्तगत सानिमा बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । आफ्नै केन्द्रिय कार्यालय अगाडी रहेको बगैँचाको सौन्दर्यता जोगाउनका लागि घासँ काट्ने मेसिन सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।

Share News