हकप्रद र बोनसको हल्लाले एभरेष्टमा तानिए लगानीकर्ता, नेप्सेमा सामान्य सुधार

<p>काठमाडौं, २८ कात्तिक । बजार आइतबार झिनो अंकले उकालो लागेको छ । यससँगै ओरालो लागेपछि निरास बनेका लगानीकर्तामा केही आशा पलाएको छ । यसदिन जलविद्युत र होटल बाहेक सवै उपसुचकहरु केही अंकले बढेको छ । होटल शुन्य दशमलव ५९ अंक, जलविद्युत शुन्य दशमलव २३ अंकले घटेको छ भने बैंकिङ शुन्य दशमलव १७ अंक, विकास बैंक, शुन्य दशमलव ०६ अंक, [&hellip;]</p>

काठमाडौं, २८ कात्तिक । बजार आइतबार झिनो अंकले उकालो लागेको छ । यससँगै ओरालो लागेपछि निरास बनेका लगानीकर्तामा केही आशा पलाएको छ । यसदिन जलविद्युत र होटल बाहेक सवै उपसुचकहरु केही अंकले बढेको छ । होटल शुन्य दशमलव ५९ अंक, जलविद्युत शुन्य दशमलव २३ अंकले घटेको छ भने बैंकिङ शुन्य दशमलव १७ अंक, विकास बैंक, शुन्य दशमलव ०६ अंक, फाइनान्स शुन्य दशमलव ४२ अंक, विमा शुन्य दशमलव ४४ अंक र अन्य शुन्य दशमलव ८ अंकले बढेको छ ।
दिभर ७३ करोड बराबरको ८ लाख ६२ हजार बराबरको सेयर खरिद विक्रि भएको छ । दिनभर कुल १३७ कम्पनीको सेयर कारोबार भएको थियो ।

nepse1
यसदिन एभरेष्ट बैंकको सवैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकले राम्रो लाभांस र हकप्रद सेयर जारी गर्ने हल्लाका कारण सवैभन्दा बढी कारोबार भएको हो । लगानीकर्ता तथा ब्रोकरहरुका अनुसार बैंकले ७० प्रतिशत हकप्रद र ३५ प्रतिशत वोनस सेयरको हल्लाले बजारमा बैकको सेयर कारोबार निक्कै बढेको हो ।
केही दिनयता निरन्तर घटीरहेको बैंकको सेयर कारोबार आइतबार एकाएक बढेको हो । यसदिन बैंकको २० करोडको कारोबार भएको छ ।
त्यसैगरी बढी कारोबार हुनेमा सिभिल बैंक लिमिटेड चार करोड, शिखर इन्सुरेन्स तीन करोड र स्ट्यान्डर्ड चार्टड बैंकको २ करोड ९२ लाख रुपैयाँ रहेको छ । आइतबार सवैभन्दा बढी कमाउनेहरुमा एनवी इन्सुरेन्स कम्पनी लिमिटेड रहेको छ । देवः विकास बैंक, नेपाल बैंक लिमिटेड,साझा विकास बैंक र एभरेष्ट बैंक लिमिटेड रहेका छन् । त्यस्तै गुमाउनेहरुमा राष्ट्रिय विमा कम्पनी लिमिटेड प्रमोटर सेयर, राष्ट्रिय विमा कम्पनीका लगानीकर्ता, रिलायवल माइक्रो फाइनान्स वित्तिय संस्था, सेवा विकास बैंक रहेका छन् ।

Share News