एभरेष्ट बैंकले तीन महिनामै कमायो ५१ करोड

<p>काठमाडौं, २९ कात्तिक । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो तीन महिनामै ५१ करोड ३४ लाख नाफा कमाएको छ । यो नाफा बैंकले अघिल्लो आर्थिक बर्षको पहिलो तीन महिनामा कमाएको भन्दा १४ करोड ९७ लाखले बढि हो । बैंकले गत आवको पहिलो त्रैमासिकमा जम्मा ३६ करोड ३७ लाख नाफा कमाएको थियो । एभरेष्ट बैंकले [&hellip;]</p>

everest_bankकाठमाडौं, २९ कात्तिक । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो तीन महिनामै ५१ करोड ३४ लाख नाफा कमाएको छ । यो नाफा बैंकले अघिल्लो आर्थिक बर्षको पहिलो तीन महिनामा कमाएको भन्दा १४ करोड ९७ लाखले बढि हो । बैंकले गत आवको पहिलो त्रैमासिकमा जम्मा ३६ करोड ३७ लाख नाफा कमाएको थियो ।

एभरेष्ट बैंकले पहिलो त्रैमासिकमा ८९ अर्ब निक्षेप संकलन गरेको छ भने ६९ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको प्रति सेयर आम्दानी ७७ रुपैंयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ ३३९ रुपैंयाँ ७३ पैसा रहेको छ । बैंकको सेयर ३६६६ रुपैँयामा कारोबार भैरहेको छ ।

Share News