कुमारी बैंकको नाफा १८२ प्रतिशतले वृद्धि

<p>काठमाडौं, ३० कात्तिक । कुमारी बैंकको नाफा १८२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा जम्मा ४ करोड ८६ लाख नाफा कमाएको बैंकले ८ करोड ८८ लाखबढाएर १३ कराेड ७४ लाख रुपैंयाँ नाफा कमाएको हो । बैंकले तीन महिनामा ४० अर्ब निक्षेप संकलन गरेर ३२ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकले [&hellip;]</p>

kumari-1काठमाडौं, ३० कात्तिक । कुमारी बैंकको नाफा १८२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा जम्मा ४ करोड ८६ लाख नाफा कमाएको बैंकले ८ करोड ८८ लाखबढाएर १३ कराेड ७४ लाख रुपैंयाँ नाफा कमाएको हो ।

बैंकले तीन महिनामा ४० अर्ब निक्षेप संकलन गरेर ३२ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकले ६७ करोड ब्याज आम्दानी गरेर ४१ करोड ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी ३१ रुपैंयाँ ४९ पैसा छ भने प्रति सेयर नेटवर्थ १५५ रुपैंयाँ ६४ पैसा रहेको छ ।

२ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको कुमारी बैंकको जगेडा कोषमा एक अर्ब ५० करोड रुपैंयाँ रहेको छ ।

Share News