बैंक तथा वित्तीय संस्थाहरु मध्ये सबैभन्दा बढी कर तिरे बापत नविल बैंक सम्मानित

<p>काठमाडौं, १ मंसिर । आर्थिक वर्ष  २०७१/७२ मा बैंक तथा वित्तीय संस्थामध्ये सबै भन्दा बढी कर दाखिला गरे बापत नबिल बैंक आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ । उप प्रधानमन्त्री तथा अर्थ मन्त्री कृष्णबहादुर महराले पाँचौ राष्ट्रिय कर दिवस २०७३ को उपलक्ष्यमा आन्तरिक राजस्व विभाग द्वारा आयोजित भव्य कार्यक्रमका मा विभिन्न क्षेत्रबाट बढी कर राजस्व [&hellip;]</p>

काठमाडौं, १ मंसिर । आर्थिक वर्ष  २०७१/७२ मा बैंक तथा वित्तीय संस्थामध्ये सबै भन्दा बढी कर दाखिला गरे बापत नबिल बैंक आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ । उप प्रधानमन्त्री तथा अर्थ मन्त्री कृष्णबहादुर महराले पाँचौ राष्ट्रिय कर दिवस २०७३ को उपलक्ष्यमा आन्तरिक राजस्व विभाग द्वारा आयोजित भव्य कार्यक्रमका मा विभिन्न क्षेत्रबाट बढी कर राजस्व योगदान गर्ने करदातालाई सम्मान प्रदान गरेक थिए ।
nabil_bank
सो कार्यक्रममा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल कुमार खनालले उक्त सम्मानपत्र ग्रहण गरेका थिए ।

बैंक तथा वित्तीय संस्थामध्ये सबै भन्दा बढी कर दाखिला गरेर राष्ट्र निर्माणको लागी योगदान पुयाउन पाउ“दा बैंक परिवार निकै गौरवान्वित बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । नबिल बैंंकले यो भन्दा अगाडि पनि यस्तो सम्मान पाउदै आएको छ ।

बैंकले गरेका ब्यवसायिक कामका अतिरिक्त अन्य कार्यबाट, ब्यवसाय प्रसारणमा बृद्धि, रोजगारी सृजना तथा सरकारी राजस्वमा योगदान जस्ता राष्ट्र निर्माणमा अहम भुमिका रहने तथा समुन्नत एवं सुरक्षित समाज निर्माणका निम्ति भैरहेको देशको प्रयासमा केही मात्रामा भए पनि योगदान गर्न सकेकोमा आफूले गर्वको अनुभुति गरेको बैंकले जनाएको छ ।

Share News