काठमाडौं, ५ मंसिर । स्वावलम्बन लघुवित्त विकास बैंक र साँखु जेसिसको संयुक्त आयोजना तथा सुष्मा कोइराला मेमोरियल ट्रष्टको प्राविधिक सहयोगमा महिलाहरुको पाठेघर तथा स्तन जाँच सम्बन्धी स्वास्थ्य शिविर संचालन भएको छ ।

बैंकको उपशाखा कार्यालय, नगरकोट भक्तपुरले स्थानीय स्वास्थ्य संस्थामा आफ्ना ग्राहक सदस्य तथा उनीहरुको परिवारलाई लक्षित गरी मंसिर ४ गते एक दिने निःशुल्क शिविर संचालन गरेको हो । उक्त शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका प्रशासकिय प्रमुख ममता सिंह तथा जर्मनीबाट आएको विशेषज्ञ डाक्टर सहितको टोलीले उपशाखा कार्यालय नगरकोट अन्तरगतका करिव २ सय विरामी महिला ग्राहक सदस्यको स्वास्थ्य परिक्षण गरेको जनाइएको छ ।
कम्युनिटि हेल्थ सेण्टर, गड्गडे निम्न माध्यामिक विद्यालको प्राङ्गणमा सञ्चालित शिविर कार्यक्रम उद्घाटन गर्दै बैकका प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधानले ग्राहक सदस्य तथा उनीहरुको परिवारका लागि विभिन्न सामाजिक कार्य, स्वास्थ्य शिविर संचालन गर्दै बैंक अगाडी बढ्ने बताए । उनले यस्ता कार्यक्रमबाट अधिकतम महिला ग्राहक सदस्यले लाभ लिन समेत आग्रह गरे । कार्यक्रमका सभापति तथा साँखु जेशिसका अध्यक्ष अमित प्रधानले बैंकसंगको सहकार्यमा हुने यस्ता कार्यक्रमले स्थानिय बासिन्दा लाभान्वित हुने बताए ।