५०० र १००० भारु नोट प्रतिवन्धले व्यवसाय प्रभावित,तत्काल पहल थाल्न नीजि क्षेत्रको माग

<p>काठमाडौं, ६ मंसिर। नीजि क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पाँचसय र हजार भारतीय नोटको प्रतिवन्धले भारत लगायत तेस्रो मुलकवाट हुने व्यापार व्यावसायमा गम्भिर प्रभाव परेको जनाएको छ। महासंघले सरकार र राष्ट्रबैङ्कसँग तत्काल समस्या समाधानका पहल गर्न माग गरेको छ। महासंघका अध्यक्ष पशुपति मुरारकाले ५०० र १०० रुपैयाँका भारु नोटको प्रतिवन्धले उद्योगधन्दा चौपट हुने स्थितिमा पुगेको बताए। [&hellip;]</p>

काठमाडौं, ६ मंसिर। नीजि क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पाँचसय र हजार भारतीय नोटको प्रतिवन्धले भारत लगायत तेस्रो मुलकवाट हुने व्यापार व्यावसायमा गम्भिर प्रभाव परेको जनाएको छ। महासंघले सरकार र राष्ट्रबैङ्कसँग तत्काल समस्या समाधानका पहल गर्न माग गरेको छ।

Related image

महासंघका अध्यक्ष पशुपति मुरारकाले ५०० र १०० रुपैयाँका भारु नोटको प्रतिवन्धले उद्योगधन्दा चौपट हुने स्थितिमा पुगेको बताए। उनले  सीमा क्षेत्रमा दैनिक ज्यालादारी गरेर जीवन गुजार्ने जनताको दैनिकी चलाउनै मुस्किल परेको बताए।
मुरारकाले भारु प्रतिवन्धपछि भारतीय मालवाहक ट्रकले समेत सामान ल्याउन बन्द गरेको बताए। मालवाहक ट्रक ड्राइभरले नेपाली पैसा नलिने र भारु दिनका लागि पैसा नभएका कारण नेपालमा सामाग्री ढुवानीका लागि व्यावसायी अन्योलमा परेको बताए।
भारु नोटको अभावका कारण सिमावर्ती क्षेत्रमा भारतीय पर्यटकको आवागमनमा समेत कमी आएको मुरारकाले बताए। उनले आवश्यकता हेरेर व्यवसायीलाई क्यास वा ड्राफ्ट उपलव्ध गराएर तत्कालका लागि उद्योग सञ्चालनको वातावरण मिलाउन राष्ट्र बैङ्कलाई आग्रह गरे।
उनले भारतवाट नेपाल आउने प्रत्येक व्यक्ति वा सवारी साधनको चेकजाँच गरेर मात्रै भित्रिने व्यवस्था गर्नुपर्ने बताउँदै भारतबाट प्रतिवन्धित नोट भित्रिने भ्रमलार्इ समेत तोड्न आवश्यक रहेको बताए।

Share News