काठमाडौं, ९ मंसिर । लुम्बिनी फाइनान्स एण्ड लिजिङल कम्पनीले सेयरधनीलाई ३६ दशमलब ७९ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ३५ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब ७९ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश वितरण गर्ने निर्णय राखेको छ ।

उक्त निर्णय बिहीबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।