सिप्रदीको २४औं वर्कशपको उद्घाटन सम्पन्न, वृक्षारोपण कार्यक्रमको आयोजना

<p>काठमाडौं, १० मंसिर । भारतीय अटोमोबाइल कम्पनी टाटाको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लिले आफ्नो २४ औं वर्कशपको उद्घाटन सम्पन्न गरेको छ । कम्पनीले वर्कशपको रुपमा बागडोल वर्कशपको उद्घाटन एक विषेश कार्यक्रमबीच सम्पन्न गरेको छ । सोही अवसरमा पर्यावरणीय महत्वलाई ध्यानमा राखी कम्पनीले वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरेको छ । वर्कशप उद्घाटन तथा वृक्षारोपण [&hellip;]</p>

काठमाडौं, १० मंसिर । भारतीय अटोमोबाइल कम्पनी टाटाको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लिले आफ्नो २४ औं वर्कशपको उद्घाटन सम्पन्न गरेको छ । कम्पनीले वर्कशपको रुपमा बागडोल वर्कशपको उद्घाटन एक विषेश कार्यक्रमबीच सम्पन्न गरेको छ । सोही अवसरमा पर्यावरणीय महत्वलाई ध्यानमा राखी कम्पनीले वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरेको छ ।

sipardi_bagdol

वर्कशप उद्घाटन तथा वृक्षारोपण कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, टाटा मोटर्स् ग्राहक सेवा इन्टरनेशनल बिजनेस हेड गणेश सेट्टी तथा टाटा मोटर्स् ग्राहक सेवा, सार्कका क्षेत्रीय प्रबन्धक अन्सुमन सामन्तको लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

sipardi_bagdol1

उद्घाटनको क्रममा सिप्रदी ट्रेडिङ्गका सिओओ राजेशप्रसाद गिरीले बागडोल वर्कशपको बारेमा जानकारी दिदैं कमर्सियल गाडीहरुको लागि आफ्नो कम्पनीले देशभर छरिएका विभिन्न वर्कशपहरुद्वारा छिटो, छरितो एवं भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Share News