ग्लोबल आइएमईको इएमभी चिप कार्ड, एटिएम कारोबारलाई सुरक्षित बनाउने

<p>काठमाडौं, १७ मंसिर । ग्लोबल आइएमई बैंक राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्डहरु जारी गर्ने सतप्रतिशत इएमभी कार्ड कम्प्लिमेन्ट बैंक भएको छ । यस सुविधाले उपभोक्ताहरुको एटिएम तथा पीओएस टर्मिनल मार्फतको कारोबारलाई सुरक्षित बनाउनका साथै नेपाली भुक्तानी डोमेनलाई नै थप सुरक्षित बनाउन योगदान पुराउने बैंकले जनाएको छ । ग्लोबल आईएमई बैंक, विद्युतिय कारोबारको सुरक्षा प्रति सधैँ होसियार [&hellip;]</p>

emv-cardlकाठमाडौं, १७ मंसिर । ग्लोबल आइएमई बैंक राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्डहरु जारी गर्ने सतप्रतिशत इएमभी कार्ड कम्प्लिमेन्ट बैंक भएको छ । यस सुविधाले उपभोक्ताहरुको एटिएम तथा पीओएस टर्मिनल मार्फतको कारोबारलाई सुरक्षित बनाउनका साथै नेपाली भुक्तानी डोमेनलाई नै थप सुरक्षित बनाउन योगदान पुराउने बैंकले जनाएको छ ।

ग्लोबल आईएमई बैंक, विद्युतिय कारोबारको सुरक्षा प्रति सधैँ होसियार रहदै आएको छ । यस अघि पनि बैंकले अनिवार्य पिन परिवर्तन प्रणाली मार्फत आफ्नो ग्राहकहरुलाई सुरक्षाको प्रत्याभुति गराउँदै आएको छ । यस इएमभी चिप कार्डको सुचारु सगैँ बैंकले आफनो “सबैका लागि बैंक” भन्ने नारालाई अझ सबल तुल्याउन मद्धत पुराउने छ । साथै यस विषेशताले नेपालमा क्यासलेस कारोबारलाई पनि बढावा दिने छ ।

आफना ग्राहकहरुलाई दैनिक खरिद तथा बैकिङ्ग कारोबारका लागि सुरक्षित इलेक्ट्रोनिक भुक्तानी सुविधा प्रदान गर्ने बैंकको सदैव प्रयास रहने बैंकको विश्वास रहेको छ ।

Share News