सनराइज बैंकको १२औं शाखारहित बैंकिङ्ग सेवा झापाको बनियाँनी बजारमा

<p>काठमाडौं, १७ मंसिर । सनराइज बैंक लिमिटेडले आफ्नो १२औँ शाखारहित बैंकिङ्ग सेवा झापाको बनियाँनी बजारमा शुरू गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्य अनुसार सो स्थानमा नयाँ शाखा सञ्चालन गरेको हो । बैंकको भद्रपुर शाखाका प्रमुख संजोग राजभण्डारीको उपस्थितिमा बनियाँनी बजार समितिका अध्यक्ष देउमान बुढाथोकीले शुक्रबार बनियाँनी [&hellip;]</p>

काठमाडौं, १७ मंसिर । सनराइज बैंक लिमिटेडले आफ्नो १२औँ शाखारहित बैंकिङ्ग सेवा झापाको बनियाँनी बजारमा शुरू गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्य अनुसार सो स्थानमा नयाँ शाखा सञ्चालन गरेको हो ।

sunrise_bank_branch_jhapa

बैंकको भद्रपुर शाखाका प्रमुख संजोग राजभण्डारीको उपस्थितिमा बनियाँनी बजार समितिका अध्यक्ष देउमान बुढाथोकीले शुक्रबार बनियाँनी बजारमा आयोजित एक समारोहका बीच पानसमा बत्ति बाली यस बैंकको बाह्रौं शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका छन् ।

सो अवसरमा बैंकको भद्रपुर शाखाका प्रमुखसंजोग राजभण्डारीले शाखारहित शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि सत्यनारायण मण्डललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । बैंकको शाखाहरु नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठाको छापबाट, पोइन्ट अफ सेल मेसिनको माध्यमबाट कारोबार गरिन्छ ।

Share News