चरेस किनबेच गर्ने दुई जना पक्राउ, प्रहरीद्धारा ७९ हजार रुपैयाँसमेत बरामद

<p>जाजरकोट, २० मंसिर । प्रहरीले सात किलो चरेस किनबेच गर्दा गर्दै आइतबार दुई जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । सीमा गाविस–९ सीमा बजारमा सदरमुकामबाट गएको बसबाट झरेर पसलमा गई बिक्री गर्दै गरेको आरोपमा जाजरकोट प्रहरीले बाँके नौवस्था–८ की तुलसा शाही र नौवस्था–७ का हरिबहादुर कमलाई पक्राउ गरेको थियो । तुलसाले बमलाई बिक्री गर्दै [&hellip;]</p>

pakrauजाजरकोट, २० मंसिर । प्रहरीले सात किलो चरेस किनबेच गर्दा गर्दै आइतबार दुई जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

सीमा गाविस–९ सीमा बजारमा सदरमुकामबाट गएको बसबाट झरेर पसलमा गई बिक्री गर्दै गरेको आरोपमा जाजरकोट प्रहरीले बाँके नौवस्था–८ की तुलसा शाही र नौवस्था–७ का हरिबहादुर कमलाई पक्राउ गरेको थियो । तुलसाले बमलाई बिक्री गर्दै गर्दा फेला पारिएको प्रहरीको भनाइ छ । बमबाट ७९ हजार रुपैयाँसमेत बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा बिक्री भइरहेको सूचना पाएपछि सदरमुकामबाट प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले तिनलाई पक्राउ गरेको बताइएको छ । एक हप्ताभित्र जाजरकोट प्रहरीले तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरिसकेको छ । रासस

Share News