काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खुल्ला प्रतिस्पर्धा मार्फत् प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गर्ने भएको छ । कम्पनीले नयाँ सीईओ नियुक्तिको लागि बैंकले सार्वजनिक आह्वान गरेको हो ।
कम्पनीले मंगलबार सूचना प्रकाशन गर्दै ३० दिनभित्र योग्यता पुगेका इच्छुक व्यक्तिले आवेदन पेश गर्न आग्रह गरेको छ ।
कम्पनीका अनुसार ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको ब्यक्तिले आवेदन पेश गर्न सक्ने छन् । मान्यता प्राप्त शिक्षण संस्थाबाट इञ्जिनियरिङ, व्यवस्थापन, वित्त, वाणिज्य वा सार्वजनिक प्रशासनमा कम्तिमा स्नातकोत्तर पास गरेको र सरकारी वा गैर सरकारी संघसंस्थामा अधिकृतस्तरको पदमा १० वर्ष कार्य अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् ।
चार वर्ष पदावधि रहेको उक्त पदका लागि आवेदन दिन दरखास्त दस्तुर १० हजार रुपैयाँ तोकिएको छ । इच्छुक व्यक्तिले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको मुख्य कार्यालय त्रिपुरेश्वरमा दरखास्त पेश गर्नु पर्नेछ ।