ह्याम्स अस्पतालले संस्थागत तर्फ सबैभन्दा बढी कर तिरेकोमा बुढानिलकण्ठ नगरपालिकाद्वारा सम्मानित

<p>काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको १० औं नगर स्थापना दिवसको अवसरमा हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) सम्मानित भएको छ । अस्पतालले संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गरेकाले नगरपालिकाले सम्मान गरेको हो । सो समारोहमा नगरप्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले हस्तान्तरण गरेको सो सम्मानपत्र अस्पतालका [&hellip;]</p>

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको १० औं नगर स्थापना दिवसको अवसरमा हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) सम्मानित भएको छ । अस्पतालले संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गरेकाले नगरपालिकाले सम्मान गरेको हो ।

सो समारोहमा नगरप्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले हस्तान्तरण गरेको सो सम्मानपत्र अस्पतालका तर्फबाट वरिष्ठ निर्देशक सची रेग्मीले ग्रहण गरेकी थिइन् ।

‘आर्थिक वर्ष २०७९र८० मा यस नगरपालिकामा संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गर्नुभएकाले १० औं नगर स्थापना दिवस, २०८० को अवसरमा कदरस्वरुप यो सम्मान पत्र प्रदान गरिएको छ,’ नगरपालिकाले प्रदान गरेको ‍सम्मानपत्रमा उल्लेख छ ।

नगरपालिकाले गरेको यस सम्मानले थप उर्जा तथा हौसला मिलेको अस्पतालका अध्यक्ष आरएस भण्डारीले बताए । स्वास्थ्य क्षेत्रमा अत्याधुनिक सेवा प्रदान गर्दै आएको ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रमै पहिलो पटक प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी समेत गरेको छ ।

Share News