सूर्तिजन्य पदार्थ किनबेच गरे पसल नै बन्द हुने, सेवन गर्नेलाई एक सय रुपैयाँ जरिवाना

<p>काठमाडौं । अब काठमाडौंमा महानगरभित्र सूर्तिजन्य पदार्थ किनबेच गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले मंसिर २८ गतेदेखि उक्त पदार्थहरु किनबेचमा पूर्ण रुपमा प्रतिवन्द लगाउने भएसँगै किनबेच गर्न नपाइने भएको हो । सूर्तिजन्य पदार्थ जस्तै, सूर्ति सेवनको निमित बनाइएका कच्चा सूर्ति, खैनि गुट्टका, सूर्ति वा यस्तै प्रकारका पदार्थहरु किनबेच गरेको वा सेवन गरेको पाइएमा काठमाडौं महानगरपालिकाले [&hellip;]</p>

काठमाडौं । अब काठमाडौंमा महानगरभित्र सूर्तिजन्य पदार्थ किनबेच गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले मंसिर २८ गतेदेखि उक्त पदार्थहरु किनबेचमा पूर्ण रुपमा प्रतिवन्द लगाउने भएसँगै किनबेच गर्न नपाइने भएको हो ।

सूर्तिजन्य पदार्थ जस्तै, सूर्ति सेवनको निमित बनाइएका कच्चा सूर्ति, खैनि गुट्टका, सूर्ति वा यस्तै प्रकारका पदार्थहरु किनबेच गरेको वा सेवन गरेको पाइएमा काठमाडौं महानगरपालिकाले कारवाही गर्ने समेत बताएको छ ।

महानगरले सूर्तिजन्य पदार्थ किनबेच गरेको छ वा छैन भनेर सबै पसलमा अनुगमन टोली खटाउने छ । सो क्रममा, सूर्तिजन्य पदार्थ किनबेच गरेको पाइएमा दुई पटकसम्म जफत गरिने तेस्रो पटक पाइएमा पसल बन्द गर्ने महानगरको उद्घोष छ ।

त्यस्तै, धुम्रपान गरेमा सार्वजनिक स्थलबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना गरिने छ । साथै, सार्वजनिक स्थलको एक सय मिटर वरिपरी वितरण गरेको पाइएमा जफत गरी बन्द गरिने समेत महानगरले बताएको छ ।

अनुगनका लागि नगरप्रहरी परिचालन
काठमाडौं महानगरका ४ क्षेत्रमा १० जनाका दरले नगरप्रहरी परिचालन गरिने र केन्द्रमा १० जना निरन्तर अनुगमनको लागि गरी पहिलो चरणमा ५० जना नगरप्रहरी परिचालन हुने र सादा पोसाकमा समेत नगर प्रहरीले अनुगमन गर्ने छ । त्यसपछि आवश्यकता अनुसार थप नगरप्रहरी र अन्य कर्मचारी समेत परिचालित हुने छन् ।

साथै, कसैले उल्लेखित विषयको बर्खिलाप गरे गराएमा तत्काल नगर प्रहरीको हट लाइन नं १८१०५००००६० वा ०१५९०१७६३ र ०१५९०१७६४ मा सूचना उपलब्ध गराउन समेत महानगरले आग्रह गरेको छ ।

महानगरले काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०५० को दफा ४२ सुर्तिजन्य पदार्थ (निरुपण र नियमन) ऐन २०६८ को दफा ११को अनुसार सूर्तिजन्य पदार्थको नियन्त्रण गरेको हो । जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, शहरी सौन्दर्यता कायम राख्न र भूमी तथा वातावरणीय असर न्यूनिकरण गर्न भन्दै महानगरले यो कदम चालेको जानकारी गराएको छ ।

Share News