वैदेशिक रोजगारीमा गएका धादिङका २३ युवा बेखबर, मलेसियामा मात्रै १२ वेपत्ता

<p>काठमाडौं ११, पुस । रोजगारकिा लागि विभिन्न समय खाडी मुलुक पुगेका धादिङका २३ युवा लामो समयदेखि परिवारको सम्पर्कमा नआएको उजुरी परेका छन् । यी मध्ये मलेसियामा १२, भारतमा तीन, साउदीमा दुई कुवेतमा दुई, युएईमा दुई, कतारमा एक र जर्जियामा एकजना बेपत्ता छन् । धादिङमा पछिल्लो दुई वर्ष अवधिमा सूचना तथा परामर्श केन्द्रमा तीन सयभन्दा बढी [&hellip;]</p>

malasiya-111काठमाडौं ११, पुस । रोजगारकिा लागि विभिन्न समय खाडी मुलुक पुगेका धादिङका २३ युवा लामो समयदेखि परिवारको सम्पर्कमा नआएको उजुरी परेका छन् ।

यी मध्ये मलेसियामा १२, भारतमा तीन, साउदीमा दुई कुवेतमा दुई, युएईमा दुई, कतारमा एक र जर्जियामा एकजना बेपत्ता छन् ।

धादिङमा पछिल्लो दुई वर्ष अवधिमा सूचना तथा परामर्श केन्द्रमा तीन सयभन्दा बढी उजुरी परे । यीमध्ये २३ युवा परिवारको सम्पर्कमा नआएको केन्द्रले जनाएको हो ।

बेपत्तामध्ये कागजपत्र अभावका कारण निकै कमलाई मात्र उद्धार गर्न सकिएको सामी परियोजनाका कार्यक्रम संयोजक गंगा सुवेदीले बताइन् ।

वेदेशिक रोजगारीमा जानेमध्ये धादिङ उत्तरी क्षेत्रका युवा बढी रहेको पाइएको छ । नागरिक दैनिकबाट।

Share News