चीनमा यस वर्ष एक करोड तीस लाख रोजगारी सृजना

<p>बेइजिङ, १३ पुस । चीनले सन् २०१६ मा एक करोड तीस लाख रोजगारी सिर्जना गरेको अधिकारीहरुले जनाएका छन् । मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्री यीन वैमिनले बुधबार आयोजित मन्त्रालयको वार्षिक पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । यो तथ्याङ्क मन्त्रालयको वार्षिक लक्ष्य एक करोडभन्दा बढी हो । स्थीर रोजगारीले मुलुकको आर्थिक विकास र सामाजिक दायित्व [&hellip;]</p>

बेइजिङ, १३ पुस । चीनले सन् २०१६ मा एक करोड तीस लाख रोजगारी सिर्जना गरेको अधिकारीहरुले जनाएका छन् । मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्री यीन वैमिनले बुधबार आयोजित मन्त्रालयको वार्षिक पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । यो तथ्याङ्क मन्त्रालयको वार्षिक लक्ष्य एक करोडभन्दा बढी हो ।

स्थीर रोजगारीले मुलुकको आर्थिक विकास र सामाजिक दायित्व पूरा गराउन सहयोग पुग्ने उनले बताए। यद्यपि मुलुकको आर्थिक वृद्धिदर सुस्त नै भएको सरकारी अधिकारीहरुको भनाई छ ।

आगामी वर्ष सन् २०१७ मा मजदुरहरुको तलब वितरणमा सुधार गर्ने र पेन्सनको लगानी बढाउने मन्त्री यीनले बताए । रासस/सिन्ह्वा

Share News