कुमारी बैंकले २१ प्रतिशत बोनस सेयर दिने, ५० प्रतिशत हकप्रद सेयर प्रक्रियामा

<p>काठमाडाैं, २० पुस । कुमारी बैंकले सेयरधनीहरुलाई २१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । मंगलबार बसेको बैंक संञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैंकले गत आर्थिक बर्षमा ७४ करोड खुद मुनाफा आर्जन गरेको थियो । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृतिपश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । [&hellip;]</p>

kumari_bankकाठमाडाैं, २० पुस । कुमारी बैंकले सेयरधनीहरुलाई २१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । मंगलबार बसेको बैंक संञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैंकले गत आर्थिक बर्षमा ७४ करोड खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृतिपश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

हाल बैंकको २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । २१ प्रतिशत बोनसपछि बैंकको चुक्तापूँजी ३ अर्ब २६ करोड रुपैयाँ नाघ्नेछ । बैंकले पचास प्रतिशत हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ ।

Share News