ग्लोबल आइएमई बैंकले २२ जना कर्मचारीलाई सम्मान गर्यो, ‘बचत गरौं’ नारासहित प्रभावतफेरी कार्यक्रम आयोजना

<p>काठमाडौं, २३ पुस । ग्लोबल आइएमई बैंकले १०औं वार्षिकोत्सवको अवसरमा बैंकले पुस २३ गते राजधानीमा वित्तीय साक्षरता जगाउने उदेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । “बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाण्डौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, वीर हस्पिटल, जमल हुदै पुन कान्तिपथ शाखामा नै आएर [&hellip;]</p>

काठमाडौं, २३ पुस । ग्लोबल आइएमई बैंकले १०औं वार्षिकोत्सवको अवसरमा बैंकले पुस २३ गते राजधानीमा वित्तीय साक्षरता जगाउने उदेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । “बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाण्डौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, वीर हस्पिटल, जमल हुदै पुन कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।

gbime
त्यसैगरी बैंकले १० औ वार्षिकोत्सवको अवसरमा स्थापनाकाल देखि बैंकमा कार्यरत आफ्ना कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थापनाकाल देखि बैंकमा कार्यरत ३२ जना कर्मचारीहरुलाई सम्मान गरेका छन् ।
वार्षिककोत्सवको अवसरमा बैंकले २२ गेत वर्न भिक्टिम्स सर्भाइभर्स, नेपालमा आबद्ध आगालागि तथा अति प्रजवल्नशिल पदार्थबाट जलेर पीडित बनेका बच्चाबच्चीहरुलाई ज्याकेट तथा खाद्यन्न वितरण गरेको छ । त्यस्तै, बैंकले काठमाण्डौँको शान्तिनगरमा रहेको निःसहाय सेवा सदनमा आश्रय लिइरहेका वृद्धवृद्धाहरुलाई खाना खुवाउनुका साथै कम्बल वितरण, रक्तदान र निःशुल्क मधुमेह परिक्षण कार्यक्रमको पनि आयोजना गरिएकोे थियो ।

globli_ime
२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशक नबित्दै ग्लोबल आइएमई बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ । ९१ शाखा, १०३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको जनाएको छ ।

Share News