काठमाडौं, २५ पुस । सनराइज बैंक लिमिटेडको विशेष साधारणसभाले एन.आई.डि.सि.क्यापिटल मार्केट्स लिमिटेडलाई एक्विजिसन गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न बैंकको विशेष साधारणसभाले बैंकको सो निर्णय गरेको हो ।

सभामा बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको छ । विशेष साधारण सभाबाट प्राप्ती (एक्विजिशन) प्रस्ताव पारित भईसकेकोले अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेश गरिने बैंकले जनाएको छ ।