
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताएका छन् ।
मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले देशका पर्यटकीय गन्तव्यको प्रोफाइल बनाउने समेत घोषणा गरे
पर्यटकीय गन्तव्य पहिचान, प्रवर्द्धन र विकास गरिने पनि उनको भनाइ छ ।