काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएकामा आजका सोही परिमाणको सुनको मोल एक लाख ४१ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४१ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा आज त्यति नै परिमाणको सुनको मूल्य एक लाख ४० हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।
महासंघले चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको बताएको छ । आइतबार प्रतितोला एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार आठ सय ३५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।