सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४२ हजार ७ सय पुग्यो

<p>काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य आज तोलामा १७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य आज तोलामा १७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन पनि १७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४२ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share News