सिटिजन्स बैंक इन्टरनेसनलले ल्यायो मुद्धति निक्षेपमा ९.५ प्रतिशत ब्याज दिने योजना

<p>काठमाडौं, ६ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक ९.५ प्रतिशत ब्याज प्रदान गर्ने गरी १८० दिने मुद्धति निक्षेप योजना ल्याएको छ । उक्त मुद्धति निक्षेप ग्राहकवर्गले यस बैंकको कुनै पनि शाखाबाट खाता खोल्न सक्ने छन् । साथै, नेपाल धितोपत्र बोर्डबाट आस्वाको सदस्यता प्राप्त गरी माघ १ गते देखि उक्त सेवा आफना सम्पूर्ण शाखाहरुवाट संचालन [&hellip;]</p>

citizen_inte_bankकाठमाडौं, ६ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक ९.५ प्रतिशत ब्याज प्रदान गर्ने गरी १८० दिने मुद्धति निक्षेप योजना ल्याएको छ । उक्त मुद्धति निक्षेप ग्राहकवर्गले यस बैंकको कुनै पनि शाखाबाट खाता खोल्न सक्ने छन् ।

साथै, नेपाल धितोपत्र बोर्डबाट आस्वाको सदस्यता प्राप्त गरी माघ १ गते देखि उक्त सेवा आफना सम्पूर्ण शाखाहरुवाट संचालन गरेको छ । लगानीकर्ताले यस प्रणालीबाट आइपीओ र एफपीओमा लगानी गर्दा निजको खातामा रकम रोक्का राखी दिने र शेयर बाँडफाँडमा परे बमोजिम  रकम मात्र कट्टा गरी बाँकी रकम खातामा फुकुवा गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

यस सेवाबाट यस बैंकमा खाता भएका ग्राहकवर्गले प्राथमिक निष्काशनको समयमा आवेदन बुझाउन लाइन बस्नुपर्ने, बाँडफाँडपछि चेक संकलन गर्नुपर्ने समय समेत अन्य कार्यमा सदुपयोग गर्न सक्नेछन् ।

Share News